February 26, 2024, Monday
२०८० फाल्गुन १४
1:37:26 pm

काठमाडौं–४ मा काँग्रेसका गगन थापा विजयी

1.5K

काठमाडौं । काठमाडौं–४ मा नेपाली काँग्रेसका उम्मेदवार गगनकुमार थापा विजयी भएका छन् । प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनमा थापाले प्रतिद्वन्द्वी नेकपा एमालेका राजन भट्टराईलाई पराजित गरी विजयी भएका हुन् ।

जम्मा ४५ हजार ५ सय ३ मत खसेकोमा थापाले २१३०२ मत प्राप्त गरी विजयी भएका हुन् भने भट्टराईले १३८५५ मत प्राप्त गरेका छन् । थापाले भट्टराईलाई ७ हजार ४ सय ४७ मतान्तरले पराजित गरेका हुन् । उनको जितको औपचारिक घोषणा हुन भने बाँकी छ ।

उक्त क्षेत्रबाट यो उनको चौथो जित हो । संविधानसभा सदस्य निर्वाचन २०६४ मा कांग्रेसका तर्फबाट समानुपातिक सदस्यमा निर्वाचित महामन्त्री थापा संविधानसभा सदस्य निर्वाचन २०७० मा काठमाडौं ४ बाट प्रत्यक्षतर्फ निर्वाचित भएका थिए भने प्रतिनिधिसभा सदस्यमा २०७४ मा काठमाडौं–४ बाटै निर्वाचित भएका थिए । उनी यसअघि २०७३ सालमा स्वास्थ्यमन्त्रीसमेत भएका थिए ।

Advertisement