February 26, 2024, Monday
२०८० फाल्गुन १४
1:37:26 pm

मतगणना नसकिँदै गगन थापाको जित सुनिश्चित

985

काठमाडाैं । कांग्रेस महानमन्त्री गगनकुमार थापाले काठमाडौं-४ मा जित सुनिश्चित गरेका छन् । ४ हजार ८८१ मतगणना बाँकी छँदै थापाले निकटतम् प्रतिस्पर्धी एमालेका राजन भट्टराईसँग ५ हजार ९९१  मतले अग्रता कायम गरेर जित सुनिश्चित गरेका हुन् ।

थापाले १९ हजार १४ मत पाउँदा भट्टराईको मत १३ हजार २३ रहेको छ । गगनले ०७४ को प्रतिनिधिसभा निर्वाचनमा पनि भट्टराईलाई हराएका थिए । यहाँ ४५९१० मत खसेको थियाे भने ४१०५७  मत मतगणना भइसकेकाे छ । 

अब यस क्षेत्रको वडा नं ३० को मत गणना हुन बाँकी छ  । जहाँ ४८८१ मतदाता रहेका छन् ।

Advertisement