March 4, 2024, Monday
२०८० फाल्गुन २२
1:37:26 pm

सिन्धुलीमा गंगानारायण श्रेष्ठको फराकिलो अग्रता

2.2K

काठमाडौं । सिन्धुली– २ को (ख) मा गठबन्धनका उम्मेदवार गंगानारायण श्रेष्ठको अग्रता कायम छ । हसिँयाहथौडा चुनाव चिन्हबाट चुनावी मैदानमा उत्रिएका नेसपाका सहअध्यक्ष श्रेष्ठले २५ सय मतको फराकिलो अग्रता लिएका छन् ।

८९८७ मत गणना गर्दा श्रेष्ठले ५०६५ मत प्राप्त गरेका छन् भने एमालेका रामकुमार पौडेलले ३४३१ मत प्राप्त गरेका छन् ।

श्रेष्ठका अनुसार हरिहरपुरगढी गाउँपालिका ८९९७, मरिण गाउँपालिका १०५५२ र घ्याङलेख गाउँपालिका ४६९१ खसेको छ । मंगलबार बिहानसम्म हरिहरपुरगढी गाउँपालिकाको मत गणना सम्पन्न भई मरिण गाउँपालिकाको मत गणना गर्ने तयारी भइरहेको छ ।

Advertisement