March 5, 2024, Tuesday
२०८० फाल्गुन २२
1:37:26 pm

काठमाडौं–१ बाट काँग्रेसका प्रकाशमान सिंह विजयी

980

काठमाडौं । काठमाडौं–१ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली काँग्रेसका नेता प्रकाशमान सिंह निर्वाचित भएका छन् । राप्रपाका उम्मेदवार रबिन्द्र मिश्रलाई झिनो मतान्तरले पराजित गर्दै र्सिह निर्वाचित भएका हुन् ।

सिंह र मिश्रबीच १२५ को मतान्तर रहेको थियो । सिंहले ७ हजार १४३ मत ल्याएर विजयी हुँदा निकटम प्रतिद्वन्द्वी मिश्रले ७ हजार १८ मत पाए । यसअघि २०७४को चुनावमा पनि सिंहले मिश्रलाई नै पराजित गरेर चुनाव जितेका थिए । त्यतिबेला करिब ८ सय मतान्तरले प्रकाशमान विजयी भएका थिए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बमले ४ हजार ११५, एमालेका किरण पौडेलले ३ हजार ५३२ मत र सुशासन पार्टीका रमेश खरेलले ३ हजार १२४ मत पाएका छन् ।

Advertisement