February 13, 2025, Thursday
२०८१ फाल्गुन २
1:37:26 pm

मुस्ताङमा काँग्रेसका योगेश गौचन विजयी

1.6K

काठमाडौं । प्रतिनिधि सभा सदस्यमा नेपाली काँग्रेसले खाता खोलेका छ । मुस्ताङबाट काँग्रेसका उम्मेदवार २९ वर्षीय योगेश गौचन थकाली निर्वाचित भएका छन् ।

सात हजार दुई सय ३० मत खसेको खसेकोमा ३९९६ मतसहित योगेश निर्वाचित भएका हुन् भने नेकपा एमालेका उम्मेदवार निवर्तमान सांसद प्रेमप्रसाद तुलाचनले ३ हजार ७८ मत ल्याएका छन् ।

काँग्रेसले जिल्ला सभापति रोमी गौचन थकालीलाई टिकट दिएको थियो । तर रोमीले आफूलाई पाएको टिकट छोरा योगेशलाई दिएका थिए । मुस्ताङबाट जितेका योगेश थासाङ गाउँपालिका लेतेका बासिन्दा हुन् । उनी पर्यटन व्यवसायी र होटल व्यवसायी पनि हुन् ।

Advertisement