March 4, 2024, Monday
२०८० फाल्गुन २२
1:37:26 pm

मतपेटिका पुर्‍याएर फर्किरहेको जिप दुर्घटना हुँदा तीन जना प्रहरीको मृत्यु

835

काठमाडौं । बैतडीमा मतपेटिका पु¥याएर फर्कदै गरेको नेपाल प्रहरी टोलीको जिप दुर्घटना हुँदा तीन जना प्रहरीको मृत्यु भएको छ । दशरथचन्द राजमार्गअन्तर्गत पाटन नगरपालिका–४ निङलाडी खोला भन्ने स्थानमा से१ज ८५४ नम्बरको जिप दुर्घटनामा पर्दा तीन प्रहरीको घटनास्थलमै मृत्यु भएको हो ।

जिप सडकबाट करिब तीन सय मिटर तल खसेको प्रहरीले जनाएको छ । रातभरि मतपेटिका ढुवानी गरिरहेको र चालकलाई अनिदो भएर दुर्घटना भएको हुनसक्ने प्रजिअ पन्थीको भनाइ छ । घटनाको थप विवरण आउन बाँकी रहेको छ ।

Advertisement