November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

अन्जनको गोलमा पाकिस्तानमाथि नेपालको जित

२०७९ कार्तिक ३०

1.3K

काठमाडौं । नेपालले पाकिस्तानलाई १-० अन्तरले हराएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा पाकिस्तानविरुद्ध मैत्रीपूर्ण खेलमा अन्जन विष्टले ८२ औं मिनेटमा निर्णायक गोल गरेका हुन् ।

सुनिल बलको पासमा अन्जनले गोल गरेका हुन् । अञ्जनले गत असोजमा दशरथ रंगशालामै भएको बंगलादेश विरुद्धको मैत्रीपूर्ण खेलमा ह्याट्रिक गरेका थिए ।अञ्जनले पाकिस्तान विरुद्ध गरेको गोल नेपालका लागि ११ औं गोल हो ।

गोलपछि जर्सी फुकाल्दै उनले खुसियाली मनाउँदा नेपाली समर्थकको हुटिङले रंगशालाको माहोल रोचक बनेको थियो । खेलमा जर्सी फुकालेकै कारण विष्टले पहेँलो कार्ड समेत पाएका थिए । पाकिस्तानविरुद्ध १–० को जित निकालेसँगै अन्जनको नाममा ११ अन्तर्राष्ट्रिय गोल पुगेको छ ।

Advertisement