February 5, 2023, Sunday
२०७९ माघ २३
1:37:26 pm

जनताले दिएको अभिमत पूर्ण पालना गर्छौं : प्रधानमन्त्री देउवा

२०७९ कार्तिक २९

1.2K

काठमाडौं । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले जनताले दिएको अभिमत पूर्ण रुपमा पालना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । पश्चिम नवलपरासीको क्षेत्र नम्बर १ मा आयोजित लोकतान्त्रिक वाम गठबन्धनले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले आफूले जितेमा संसद विघटन नगर्ने पनि बताए ।

जनताले नेकपा एमालेलाई दिएको अभिमत केपी ओलीले बीचमै घाँटी निमोठेको भन्दै अब लोकतान्त्रिक गठबन्धनलाई अत्यधिक वहुमतले विजय गराएर लोकतन्त्र र संविधानको रक्षा गर्न प्रधानमन्त्री देउवाले आग्रह गरेका थिए ।

पश्चिम नवलपरासी– १ मा सत्ता गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका विनोद चौधरी उम्मेदवार छन् । देउवाले चौधरीलाई उक्त क्षेत्रबाट विजय बनाउन आग्रह गर्दै चौधरीको विजयले उक्त क्षेत्रको समस्या समाधान हुने आश्वासन दिए ।

Advertisement