April 14, 2026, Tuesday
२०८३ बैशाख १
1:37:26 pm

काठमाडौं ३ बाट ३० बढी नेता कार्यकर्ताहरू एकीकृत समाजवादीमा प्रवेश 

२०७९ कार्तिक १६

1.5K

काठमाडौं । काठमाडौं क्षेत्र नं. ३ बाट ३० बढी नेता कार्यकर्ताहरू नेकपा ( एकीकृत समाजवादी ) मा प्रवेश गरेका छन् । काठमाडौं क्षेत्र नं. ३ (१) बाट समाजसेवी राजकुमार लामाको नेतृत्वमा पार्टी प्रवेश कार्यक्रम भएको हो ।  

बुधबार नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय बानेश्वरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनिहरुलाई पार्टीका महासचिव डा वेदुराम भुसालले टीका र खादा लगाएर स्वागत गरे ।  कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा पार्टीका महासचिव डा. भुसालले आगामी निर्वाचनमा प्रतिगामीहरूको गठबन्धनलाई परास्त गर्दै अग्रगमनको पक्षधरमा रहेका गठबन्धनका उम्मेदवारलाई जिताउन लाग्नुपर्ने बताए ।

mostbet

भ्रसालले प्राप्त उपलव्धिको रक्षा गर्दै अगाडि बढेको गठबन्धनलाई विजयी गराउनु अहिलेको प्रमुख दायित्व भएको भन्दै सम्पूर्ण नेता तथा कार्यकर्ताहरुलाई यो चुनाव भविष्यको यात्रा तय गर्ने समेत भएकोले त्यस तर्फ गम्भिर हुन र लाग्न निर्देशन दिए ।

Advertisement

कार्यक्रममा बोल्दै नवप्रवेशी राजकुमार लामाले  उपलव्धिको रक्षा गर्दै एकीकृत समाजवादी कम्युनिष्ट आन्दोलनको मूलधारको रुपमा अगाडि बढ्ने अपेक्षा गरेको बताए । कार्यक्रममा पार्टीका उपमहासचिव डा. गंगालाल तुलाधर, स्थायी कमिटी सदस्य तथा बाग्मती प्रदेश अध्यक्ष सावित्रा भुसाल ,स्थायी कमिटी सदस्य विश्वनाथ प्याकुरेल,पोलिटव्यूरो सदस्य गोपाल बराल,काठमाडौं ३ निर्वाचन परिचालन समितिका अध्यक्ष विश्वनाथ अर्याल लगायतको उपस्थिति थियो ।