November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

बैठक भनेपछि ओलीको सातो जान्थ्यो, उहाँको भावना क्रुर र जनविरोधी थियोः प्रचण्ड

4.5K

काठमाडौं- प्रतिनिधिसभा विघटनविरूद्ध मंगलबार राजधानीको प्रदर्शनीमार्गमा प्रचण्ड-माधव पक्षीय नेकपाले आयोजना गरेको विरोधसभामा बोल्दै नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बैठक भनेपछि ओलीको सातो जाने बताएका छन् ।

‘बैठक भनेपछि उहाँको सातो जान्थ्यो। बैठक बोलाइए पनि उहाँले बोल्ने अवसर नै दिनुहुन्नथ्यो,’ उनले भने, ‘उहाको क्रुर भावना थियो। जनविरोधी भावना थियो।’

सचिवालय कमिटी र स्थायी कमिटीको बैठकमा सहभागी नभएर अरू नै काम गर्ने  गरेको समेत प्रचण्डको आरोप थियो।

Advertisement

‘संविधानमा हुँदै नभएको अधिकारलाई प्रयोग गरेर ओली सदन विघटनको प्रस्ताव गरेका छन्। ओलीले सदन होइन, आफ्नो सरकारको विघटन गरेका हुन्। सदन जिवित छ। उनले कलंकको टीका लगाएका छन्। उनले नेपाली जनताको सामु माफी माग्नुपर्छ’, उनले भने।

सर्वोच्च अदालतले संविधाको मर्म र भावना बोक्न सक्दैन भनेर आफूले सोच्न नसक्ने उनले बताए।