November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

विरोधसभामा प्रचण्डको सम्बोधन: ओलीले संसद विघटन गरेर कलंकको टिका लगाए

3.2K

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले कलंकको टिका लगाएको बताएका छन्।

प्रतिनिधिसभा विघटनविरूद्ध मंगलबार राजधानीको प्रदर्शनीमार्गमा प्रचण्ड-माधव पक्षीय नेकपाले आयोजना गरेको विरोधसभामा बोल्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीले संसद विघटन गरेर कलंकको टिका लगाइसकेको बताएका हुन्।

‘सदन भंग भएको छैन। केपी ओलीको सरकारमात्रै भंग भएको हो। उनले यस्तो कदम चालेर कलंकको टिका लगाएका छन्। त्यो टिका कहिल्यै मेटिनेछैन‚’ उनले भने‚ ‘जबसम्म केपी ओलीले पश्चाताप गर्दैनन्। उनले लोकतन्त्रमाथि घात गरे। आफैँले बनाएको संविधानको उनले बलात्कार गरे। जबसम्म ओ‌लीले मैले अपराध गरेँ भन्ने छैनन् तबसम्म आन्दोलन जारी रहनेछ।’

Advertisement