November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

सुरु भयो प्रतिनिधिसभा विघटनविरुद्ध प्रचण्ड-नेपाल पक्षको प्रदर्शन

6.2K

काठमाडौं – प्रतिनिधिसभा विघटनको विरोधमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव नेपाल समूहले आज देशभर विरोध प्रदर्शन सुरु गरेका छन्। काठमाडौंको भृकुटीमण्डपमा हुने विरोध सभाका लागि विभिन्न स्थानबाट जुलुस निस्किरहेका छन्। 

टेकु, नयाँबानेश्वर, मैतीदेवी, नक्साल, लैनचौर, कुलेश्वर, रत्नपार्क, बागबजार र कुपण्डोलबाट भृकुटीमण्डपतिर जुलुस अघि बढेको छ। काठमाडौंको प्रदर्शनमा मात्रै ५० हजार मानिस सहभागी हुने नेकपा केन्द्रीय संघर्ष समितिले दाबी गरेको छ। 

सबै तिरको जुलुस भृकुटीमण्डपमा पुगेपछि हुने विरोध सभालाई अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालसहितका शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम छ। विरोध सभाका लागि भृकुटीमण्डपको सडकमै मञ्च बनाइएको छ। पद्मोदय मोड–भृकुटीमण्डप सडक भएर चल्ने गाडीहरुलाई डाइभर्सन गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।

Advertisement

नेकपाले प्रतिनिधिसभा विघटन विरुद्ध प्रदर्शन गर्न प्रवक्ता नारायणकाजी श्रेष्ठको संयोजकत्वमा दुई हजार ५ सय १ सदस्यीय सङ्घर्ष समिति गठन गरेको छ।