November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

चिनियाँ टोली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता

3.2K

काठमाडौं–नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीको उच्चस्तरीय टोलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेको छ। टोलीले देउवालाई उनकै निवास बुढानीलकण्ठमा भेटेको हो।

भेटका अवसरमा संसद विघटन, नेकपामा देखिएको विभाजनलगायतका समसामयिक राजनीतिक परिस्थितिका बारेमा कुराकानी भएको बताइएको छ।

आइतबार काठमाडौं ओर्लिएको चिनियाँ टोलीले तीन दिनयता नेकपा विभाजनलाई केन्द्रविन्दुमा राख्दै निरन्तर राजनीतिक भेटवार्ता गरिरहेको छ। 

Advertisement