November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधारमन्त्री बोहरा बर्खास्त

3.8K

धनगढी–सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले भौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बोहरालाई पदमुक्त गरेका छन्। केपी शर्मा ओली पक्षमा रहेका मन्त्री बोहरालाई भट्टले पदमुक्त गरेका हुन्।

डडेल्धुराबाट प्रदेशसभा सदस्यमा निर्वाचित बोहरा २०७४ साल फागुन ५ गते भौतिक पूर्वाधार विकासमन्त्रीमा नियुक्त भएका थिए।

मन्त्री बोहरा नेकपाको ओली समूहका नेता हुन्। बोहराले भने अहिले आफू काठमाडौंमा भएको र बर्खास्त गरिएकोबारे आफूलाई जानकारी नभएको बताए।
 

Advertisement