February 7, 2025, Friday
२०८१ माघ २५
1:37:26 pm

शताब्दी पुरुष सत्यमोहन जोशीको निधन

1.3K

काठमाडौं । शताब्दी पुरुष सत्यमोहन जोशीको निधन भएको छ । जोशीको आइतबार बिहान निधन भएको परिवार स्रोतले जनाएको छ ।
१०३ वर्षीय जोशी २४ दिनदेखि ललितपुरको इमाडोलस्थित किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा उपचार गराइरहेका थिए । उनको सोही अस्पतालमा निधन भएको हो ।

जोशीका बढि भएको कारण एकै पटक धेरै प्रकारका स्वास्थ्य समस्या देखिएको थियो । निमोनिया र पिसाबको संक्रमण, मुटुरोगसँगै पछिल्लो समय उनमा डेंगु संक्रमण देखिएको थियो ।

Advertisement