April 24, 2024, Wednesday
२०८१ बैशाख १३
1:37:26 pm

गठबन्धनको समर्थनमा रुपन्देही–१ बाट भुसालको स्तवन्त्र उम्मेदवारी

1.2K

काठमाडौं । वामपन्थी नेता घनश्याम भूसालले रुपन्देही–१ बाट सत्तागठबन्धनको समर्थनमा स्तवन्त्र उम्मेदवारी दिने भएका छन् । एमाले परित्याग गरेरका उनलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफ्नै पार्टीबाट उठ्नका लागि राखेको प्रस्ताव राखेका थिए ।

आफू कुनै पनि पार्टीमा नजाने भनेपछि दाहालले उक्त क्षेत्रमा आफ्नो दलको कुनै उम्मेदवारी नरहने प्रतिबद्धता जनाएको नेता भूसालले आइतबार पत्रकार सम्मेलनमा जानकारी दिए । भूसाललाई गठबन्धनको तर्फबाट सघाउनका लागि दाहालले प्रधानमन्त्री शेरबहादुर देउवाले समेत आग्रह गरेका थिए ।

सोही अनुरुप रुपन्देही–१ मा घनश्याम भूसालालाई छोड्ने भएपछि माओवादी केन्द्रले पूर्वसभामुख ओनसरी घर्तीलाई काठमाडौं– २ मा उम्मेदवार बनाउने भएको छ । माओवादी अध्यक्ष दाहालले शनिबार भूसालालाई समर्थन गर्ने भएपछि पूर्व सभामुख घर्तीलाई काठमाडौं–२ मा आउन आग्रह गरेका थिए । काठमाडौं–२ मा धेरै इच्छा नगरेपछि आइतबार बिहान पनि दाहालले घर्तीलाई आग्रह गरेपछि उनी काठमाडौंका लागि तयार भएकी हुन् ।

Advertisement

नेता भूसालले अब आफू कुनै पनि प्रवेश नगर्ने र वाम आन्दोलनलाई एकता गर्ने अभियानमा खटिने बताए । उनले आफ्नो कुनै पनि गतिविधि एमालेविरुद्ध लक्षित नहुने बरु सबै कम्युनिस्टलाई एकताबद्ध बनाउनेमा मात्र केन्द्रित हुने बताए ।