January 13, 2025, Monday
२०८१ माघ १
1:37:26 pm

मोरङ क्षेत्र नम्बर २ बाट सुजाता कोइरालालाई टिकट

1.5K

काठमाडौं । प्रतिनिधिसभा सदस्यमा मोरङ क्षेत्र नम्बर २ बाट नेपाली काँग्रेसकी नेतृ सुजाता कोइरालाले टिकट पाएकी छन् । विगतमा गिरिजाप्रसाद कोइरालाको चुनावी क्षेत्र मानिने उक्त क्षेत्रमा डा. मिनेन्द्र रिजाल र कोइराला टिकटको दाबेदार रहकामा कोइरालाले बाजी मारेकी हुन् ।

यस क्षेत्रबाट २०७४ मा डा. रिजालले एमाले उम्मेदवार ऋषिकेष पोखरेललाई पराजित गरेका थिए । आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि पनि एमालेले पोखरेललाई नै उम्मेदवार बनाएको छ । क्षेत्र नम्बर २ को प्रदेश (क) मा भने नेकपा माओवादी केन्द्रका गणेश उप्रेती र (ख) मा विनोद कार्कीले टिकट पाएका छन्

यससँगै मोरङमा गठबन्धन भित्र उम्मेदवारको टुंगो लागेको छ । जसमा मोरङको ६ वटा निर्वाचन क्षेत्र मध्ये १, २, ३ र ६ वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नेपाली काँग्रेसले पाएको छ भने ४ र ५ नेकपा माओवादी केन्द्रले पाएको छ । त्यस्तै १२ वटा प्रदेश निर्वाचन क्षेत्रमा ३ वटा क्षेत्र माओवादी, २ एकीकृत समाजवादी र बाँकी ७ वटा प्रदेश निर्वाचन क्षेत्र नेपाली काँग्रेसले लिएसँगै गठबन्धनले उम्मेदवार टुंगो लगाएको हो ।

Advertisement