January 21, 2025, Tuesday
२०८१ माघ ८
1:37:26 pm

नेकपा एसले टुंग्यायो उम्मेदवार

1.5K

काठमाडौं । नेकपा एकीकृत समाजवादी (एस) ले प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्यको उम्मेदवार टुंग्याएको छ । नेकपा एसले सत्तागठन्धनबाट १९ सिट प्राप्त गरको छ ।

पार्टीका वरिष्ठ नेता झलनाथ खनाल इलाम क्षेत्र नम्बर– १ बाट उठ्ने भएकी छन् भने पार्टी सचिव रामकुमारी झाक्री गुल्मी– २ बाट उठ्ने भएकी छन् ।

यस्तै, पार्टीका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री प्रेम आले डोटीबाट उठ्ने भएका छन् । तनहुँ– २ बाट जितेका किसान श्रेष्ठ बारा– ४ मा उम्मेदवार हुने भएका छन् भने बाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे धादिङ– १ बाट प्रतिनिधिसभामा उठ्ने भएका छन् ।

Advertisement

कास्की २ मा श्रीनाथ बराल प्रस्तावित छन् । उनको ठाउँमा शिव गुरुङको पनि नाम रहेको छ । अन्यत्र भने टुङ्गो लागिसकेको छ । निवर्तमान प्रतिनिधिसभामा प्रत्यक्ष जित्ने सबैले टिकट पाएका छन् । अन्तिम समयमा कुनै हेरफेर नभए यहीअनुसार उम्मेदवारी हुनेछ ।

प्रतिनिधि सभामा एकीकृत समाजवादीका उम्मेदवारः

१. इलाम क्षेत्र नं. १ – झलनाथ खनाल

२. उदयपुर क्षेत्र नं. २ – जगन्नाथ खतिवडा

३. रौतहट क्षेत्र नं. १ – माधवकुमार नेपाल

४. बारा क्षेत्र नं. ४ – कृष्णकुमार (किसान) श्रेष्ठ

५. काठमाडौं क्षेत्र नं. ८ – जीवनराम श्रेष्ठ

६. ललितपुर क्षेत्र नं. २ – कृष्णलाल महर्जन

७. धादिङ क्षेत्र नं. १ – राजेन्द्रप्रसाद पाण्डे

८. मकवानपुर क्षेत्र नं. २ – विरोध खतिवडा

९. कास्की क्षेत्र नं. २ – श्रीनाथ बराल

१०. गुल्मी क्षेत्र नं. २ – रामकुमारी झाँक्री

११. पाल्पा क्षेत्र नं. २ – सोमप्रसाद पाण्डे

१२. रुपन्देही क्षेत्र न. २ – राजु गुरुङ

१३. दाङ क्षेत्र नं. १ – मेटमणि चौधरी

१४. सल्यान – प्रकाश बुढाथोकी (ज्वाला)

१५. डोल्पा – धनबहादुर बुढा मगर

१६. दैलेख क्षेत्र नं. १ – अम्बरबहादुर थापा

१७. अछाम क्षेत्र नं. १ – शेरबहादुर कुवँर

१८. बझाङ – भानुभक्त जोशी

१९. डोटी – प्रेमबहादुर आले