April 24, 2024, Wednesday
२०८१ बैशाख १३
1:37:26 pm

काँग्रेसले टुंग्यायो १० उम्मेदवार, बाँकी उम्मेदवार टुंगो लगाउन पुनः बैठक बस्ने

1.1K

काठमाडौं । नेपाली काँग्रेसले १० उम्मेदवारको नाम टुंगाएको छ । शनिबार झिसमिसे बिहानसम्म बसेको काँग्रेसको संसदीय बोर्डको बैठकले प्रतिनिधि सभातर्फ ७ र प्रदेश सभातर्फ ३ उम्मेदवार टुंगो लगाएको हो ।

बाँकी क्षेत्रमा उम्मेदवार टुंगो लगाउन शनिबार पुनः बैठक बस्नेछ । सत्ता गठबन्धनको भागबण्डामा नेपाली काँग्रेसले प्रतिनिधि सभातर्फ ८४ सिट पाएको छ ।

टिकट निश्चित गरिएका व्यक्ति र क्षेत्र यी हुन्ः

Advertisement

प्रतिनिधिसभा तर्फ

१. डडेलधुरा – शेर बहादुर देउवा
२. दार्चुला – दिलेन्द्र प्रसाद बडु
३. बाजुरा – बद्री प्रसाद पाण्डे
४. अछाम २– पुष्पबहादुर शाह
५. मुगु – ऐन बहादुर शाही
६. मनाङ – टेक प्रसाद गुरुङ
७. तेह्रथुम – सीता गुरुङ

प्रदेश तर्फ

जुम्ला (ख)– ललितजङ्ग शाही

तेह्रथुम (क)– सन्तोष सुब्बा

ताप्लेजुङ (ख)– खगेन सिंह हाङ्वाङ