काठमाडौं । ४ मंसिरका लागि तय भएको निर्वाचनमा सिट बाँडफाँट टुंग्याउन सत्तारुढ गठबन्धनको बैठक आज पनि बस्दै छ । सिट बाँडफाँटका लागि बुधबार दिउँसो ३ बजे पाँच दलीय गठबन्धनको बैठक बस्न लागेको हो ।
दुई महिनादेखि सिट बाँडफाँटका लागि जारी प्रयासले आज अन्तिम रुप लिने नेताहरुले बताएका छन् । प्रतिनिधिसभाका १ सय ६५ र प्रदेशसभाका ३३० वटै निर्वाचन क्षेत्रमा गठबन्धनका साझा उम्मेदवारी खडा गर्न पाँच दलबीच घनिभूत छलफल भइरहेको छ ।