काठमाडौं । गठबन्धनका नेताहरूको बैठक मंगलबार दिउँसो ३ बजे बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने सत्ता गठबन्धनको बैठकमा सिट बाँडफाँट विवादलाई मिलाउन प्रयास हुने बताइएको छ ।
सोमबार बिहानदेखि रातिसम्म बसेको बैठकले सहमति गर्न नसकेपछि मंगलबार बिहान ८ बजे बस्ने गरी सोमबारको बैठक स्थगित भएको थियो । तर ३ बजेभन्दा पहिला दुईपक्षीय मात्र छलफल हुने र तीन बजे गठबन्धनको बैठक बस्ने भएको हो ।