November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

चिनियाँ कम्युनिस्ट पार्टीको टोली र माधव नेपालबिच भेटवार्ता

3.3K

काठमाडौं–नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीको टोलीले आज नेकपाका नेता माधवकुमार नेपालसँग पनि भेटवार्ता गरेको छ। प्रचण्ड–नेपाल पक्षका अध्यक्षसमेत रहेका नेपाल र चिनियाँ टोलीबीच नयाँ बानेश्वरस्थित एक होटलमा भेटवार्ता भएकाे हाे।

भेटमा संसद विघटन र नेकपामा देखिएको विभाजनलगायत नेपालको पछिल्लो राजनीतिक परिस्थितिका विषयमा कुराकानी भएको जनाइएको छ।

आइतबार नेपाल आएको टोलीले राष्ट्रपति विद्यादेवी भण्डारी,प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटिसकेको छ। 

Advertisement

चिनियाँ कम्युनिस्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ गुओ येझोउको नेतृत्वमा आएको चार सदस्यीय टोलीले पूर्व प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री तथा नेकपा नेता झलनाथ खनाल र जनता समाजवादीका नेता तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईसँग पनि भेट्ने कार्यक्रम तय भएको छ।