November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

सन्दीप लामिछानेविरुद्ध इन्टरपोलले ‘डिफ्युजन नोटिस’ जारी गर्याे

2.3K

काठमाडौं । बलात्कारको आरोप लागेका नेपाली क्रिकेटर सन्दीप लामिछानेविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको छ ।

प्रहरी प्रधान कार्यालय स्रोत अनुसार नेपाल प्रहरीको आग्रह अनुसार इन्टरपोलले लामिछानेविरुद्ध डिफ्युजन नोटिस जारी गरेको हो । यो संगै इन्टरपोलमा आवद्ध रहेका १३५ देशले आफ्नो देशमा सन्दीप भए नभएको खोजी गर्नेछन् ।

क्यारेबियनल लिग खेल्न नेपालबाहिर रहेका लामिछाने हालसम्म स्वदेश फर्किएका छैनन् । उनीमाथि एक किशोरीले बलात्कारको आरोपमा प्रहरीमा जाहेरी दिएका छन् ।

Advertisement