February 13, 2026, Friday
२०८२ फाल्गुन १
1:37:26 pm

उम्मेदवारले ४१ लाखसम्म खर्च गर्ने पाउने, १२ दललाई छलफलका लागि बोलाइयो

1.6K

काठमाडौं : निर्वाचन आयोगले आगामी प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवारले गर्ने निर्वाचन खर्चको सीमा बढाउने तयारी गरेको छ। 

छलफलका लागि आयोगले आज दलहरुसँग छलफल गर्दैछ। छलफलका लागि प्रतिनिधिसभा र प्रदेशसभामा प्रतिनिधित्व गर्ने १२ दलका प्रतिनिधिलाई आयोगले आज विहान ११ बजे छलफलका लागि बोलाएको छ। आजको छलफलमा निर्वाचन आचारसंहिता लागू गर्ने विषयमा पनि छलफल हुनेछ। आयोगका प्रवक्ता शालिग्राम पौडेलका अनुसार आज आचारसंहितामा दलहरुकाे प्रतिवद्धता लिइनेछ। 

 यस्तै आयोगले उम्मेदवारले गर्ने खर्च वैज्ञानिक बनाउन आवश्यक सूत्र तयार गरी खर्च सीमा तय गर्न लागेको हो। राजनीतिक दलसँगको छलफल तथा सुझावका आधारमा खर्च सीमा पुनरवलोकन गर्ने आयोगले जनाएको छ। 

Advertisement

आयोगले तयार गरेको सीमा अनुसार प्रतिनिधि सभाअन्तर्गत प्रत्यक्षतर्फका उम्मेदवारको न्यूनतम २४ लाख तथा अधिकतम ४१ लाख खर्च कायम हुनेछ। 

४१ लाख  बनाउने भने पनि पनि अधिकतम खर्च ३३ लाख कायम गर्नेगरी सीमा तय गर्ने तयारी गरिएको छ। तर आयोगले साबिकमा रहेको खर्चलाई न्यूनतम सीमा राख्नेगरी खर्च निर्धारण गर्ने तयारी गरेको हो।

आमनिर्वाचन २०७४ मा प्रतिनिधि सभा सदस्य पदका उम्मेदवारले २५ लाख खर्च गर्न पाउने सीमा तोकिएको थियो। 

अधिकतम ४१ लाख खर्च गर्न पाउने मनासिव देखिए पनि अधिकतम सीमा ३३ लाख मात्रै कायम गर्नेगरी तयारी गरिएको छ। आयोगले खर्च सीमा तोक्न तीनवटा मापदण्ड बनाएको छ।