काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गोरखाबाट उम्मेदवार बन्ने भएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका दाहाललाई क्षेत्र नम्बर १ उम्मेदवार बन्न नेता कार्यकर्ताले नाम सिफारिस गरिदिएका हुन् ।
क्षेत्र नम्बर १ मा प्रचण्डसँगै हालका सांसद हरिराज अधिकारी र महिलातर्फ सुशीला सिंखडालाई प्रस्ताव गरिएको छ भने क्षेत्र नम्बर २ को प्रतिनिधिसभामा राष्ट्रियसभा सांसद तथा यसअघि चुनाव हारेका नारायणकाजी श्रेष्ठको नाम पठाइएको छ । उनीसहित पार्टी सचिव हितराज पाण्डे, केन्द्रीय सदस्य चूडामणि खड्का र लेखनाथ न्यौपानेको नाम पठाइएको हो ।
यस्तै, प्रदेशसभातर्फ क्षेत्र नम्बर १ (क) मा माओवादी पार्टीको केन्द्रीय सदस्य अमरबहादुर गुरुङ, हालका सांसद लेखबहादुर थापा मगर र नेता परशुराम रम्तेलको नाम सिफारिस गरिएको छ । १ (ख) मा कृष्ण धिताल, जगन्नाथ खनाल र संविधानसभा सदस्य छमबहादुर गुरुङलाई सिफारिस गरिएको छ ।
क्षेत्र नम्बर २ (क) मा केन्द्रीय सदस्य खोपबहादुर कँडेल, कमला नहर्की र र प्रदेश समिति सदस्य धना तमुको नाम सिफारिस गरिएको छ । यस्तै, (ख) मा पार्टी केन्द्रीय सदस्य भगवती तिवारी, बारपाक सुलिकोट गाउँपार्टी अध्यक्ष नरबहादुर गुरुङको नाम सिफारिस गरिएको छ ।