February 9, 2025, Sunday
२०८१ माघ २७
1:37:26 pm

सत्ता गठबन्धनको बैठक बस्दै

1.5K

काठमाडौं । सत्ता गठबन्धनको बैठक आज बस्दै छ।

गठबन्धनबिच सिट बाँडफाँटमा सहमति जुटाउने आज बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्न लागेको हो ।

सिट बाँडफाँटमा सहमति जुटाउन कार्यदल बनाइएको भए पनि त्यहाँ सहमति नजुटेपछि शीर्ष नेताहरूबाटै सहमति खोज्ने प्रयास भइरहेको छ । गठबन्धनमा रहेका दल आ आफ्नो दाबीबाट पछि नहटेपछि कार्यदलले सहमति जुटाउन सकेको थिएन ।

Advertisement

यसअघि हिजो बस्ने भनिएको बैठक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चितवन गएकाले आजका लागि सारिएको हो।