काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। प्रधानमन्त्री ओलीका सञ्चार रामशरण बजगाईंका अनुसार साँझ ६ बजेको लागि मन्त्रिपरिषदको बैठक बोलाइएको हो। आजको मन्त्रिपरिषदको बैठकले मन्त्रिपरिषद विस्तार गर्ने बताइएको छ।
प्रतिनिधिसभा विघटन भएसँगै प्रचण्ड–नेपाल पक्षका सात जना मन्त्रीले पदबाट राजीनामा दिएका थिए। ओलीले आफ्नो समूहका केही सांसदलाई मन्त्री बनाउने तयारी गरेका छन्।