February 9, 2026, Monday
२०८२ माघ २६
1:37:26 pm

जाजरकोटमा १५ काँग्रेस नेताविरुद्ध कारबाही तयारी, स्पष्टीकरणको माग

1.6K

जाजरकोट । नेपाली काँग्रेस जाजरकोटले जिल्ला र स्थानीयस्तरका १५ नेता–कार्यकर्तालाई स्पष्टीकरण मागेको छ । काँग्रेसले गत स्थानीय तहको निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवारलाई हराउन सहयोग गरेको र निष्क्रिय भई बसेको आरोप आएपछि कारबाहीका लागि स्पष्टीकरण माग गरेको हो ।

त्यसका लागि जिल्ला उपसभापति खडकबहादुर बुढाको संयोजकत्वमा अनुशासन समिति गठन गरिएको थियो । आफूमाथि लागेको आरोप के कस्तो हो वा होइन ? चित्तबुझ्दो जवाफसहित १५ दिनभित्र लिखित जवाफसहित स्वयम् उपस्थित हुन पत्र पठाइएको जनाइएको छ ।

स्पष्टीकरण माग गरिएकामा कर्णाली प्रदेश कार्यसमिति सहमहामन्त्री रामछाया कुमारी, प्रदेश कार्यसमिति सदस्य कमलदीप पुन, भुमबहादुर रोकाय, कुशे–९ का मोतीराम गौतम, जिल्ला सदस्यहरू धनसरा शाही, चित्रबहादुर शाही, कल्दर सिंहसहित १५ जना छन् ।

Advertisement