February 13, 2026, Friday
२०८२ फाल्गुन १
1:37:26 pm

मेयर बालेन साहले भेटे निहारिका राजपूतलाई

2.8K

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले निहारिका राजपूतसँग भेट गरेका छन् । साहले शनिबार काठमाडौंको त्रिवि शिक्षण अस्पालमा पुगेर निहारिकालाई भेट गरेका हुन् ।

छोरोका डिएनए गर्नुपर्ने माग राख्दै शीतल निवास अगाडि आत्मदाहको प्रयास गरेकी निहारिकासँगको भेटपछि बालेनले निहारिकासँगको तस्वीर सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गर्दै उनीमाथि राज्यले अत्याचार गरेको बताएका छन् ।

‘आफ्नो बच्चाको डीएनए टेस्ट गरिदे मात्रै त भनेको रैछ । यति गर्न एउटी आमाले जल्न तयार हुनुपर्ने ? यो अति हो । यो अत्याचार हो । कानुनीराज्य यस्तो हुँदैन । अभिभावक भनिने राज्य यस्तो हुनुहुँदैन’, फोटोसँगै बालेनले लेखेका छन् ।

Advertisement

निहारिकाले आफूमाथि जनकपुरका शिवराज श्रेष्ठले बलात्कार गरेर त्यसको तस्वीर र भिडियो पनि बनाएर ब्ल्याकमेल गरेको उनको भनाइ छ ।

राजपुत आफ्नो बच्चाको डीएनए जाँच गरिनुपर्ने माग राख्दै अनसनसमेत बसेकी थिइन् । घटनाको अनुसन्धान सुरुवातदेखि नै मुद्दा कमजोर बनाउने गरी भएको भन्दै पुनः प्रारम्भदेखि जाँच गरिनुपर्ने उनको माग छ ।