February 13, 2026, Friday
२०८२ फाल्गुन १
1:37:26 pm

नेपालले भारतसँगको सिमानामा काँडेतार लगाउनुपर्छ: भीम रावल

1.6K

काठमाडौं । नेकपा (एमाले) का नेता भीम रावलले भारतसँगको सिमानामा नेपालले काँडेतार लगाउनुपर्ने बताएका छन् । बुधवार काठमाडौंमा कलाकार नवल खड्काले निर्माण गरेको चलचित्र ‘काँडेतार’ का बारेमा जानकारी दिन आयोजित कार्यक्रममा बोल्दै रावलले उक्त अभिव्यक्ति दिएका हुन् ।

भारतले बङ्गलादेशसँग आफ्नो सिमानामा काँडेतार लगाएको भन्दै नेपालले पनि भारतसँग आफ्नो सिमानामा काँडेतार लगाउनुपर्ने उनको भनाइ थियो ।

रावलले धेरै राष्ट्रहरूले आफ्नो सिमानाको रक्षाको लागि पर्खाल लगाएको उदाहरण पेस गर्दै नेपालले पनि आफ्नो सिमानाको राम्रो सुरक्षा गर्नुपर्ने उनले बताए ।

Advertisement

यस्तै, नेता रावलले नागरिकता विधेयकको पनि विरोध गर्दै नेपालीहरूलाई अल्पमतमा पार्ने षड्यन्त्र भएको बताए ।