February 9, 2026, Monday
२०८२ माघ २६
1:37:26 pm

परराष्ट्रमन्त्री खड्का र चिनियाँ समकक्षी वाङबीच भेटवार्ता हुँदै

1.7K

काठमाडौं : नेपाल र चीनका परराष्ट्र मन्त्रीहरूबीच आज भेटवार्ता हुने भएको छ। परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री डा नारायण खड्का र चिनियाँ समकक्षी वाङ यीबीच द्विपक्षीय वार्ता हुन लागेको हो।

११ सदस्यीय नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै परराष्ट्र मन्त्री खड्का गएराति चीन प्रस्थान गरेका थिए। नेपाली प्रतिनिधि मण्डलमा परराष्ट्रसहित, गृह, भौतिक पूर्वाधार, वाणिज्य र अर्थ मन्त्रालयका उच्च अधिकारी सहभागी छन्।

चीनको छिङताओ शहरमा हुने वार्तामा नेपाल-चीन सम्बन्धका विभिन्न विषयबारे छलफल हुने बताइएको छ। शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनेपछि पहिलो पटक उच्चस्तरीय नेपाली टोली चीन गएको हो। मन्त्री खड्कासहितको टोली बिहीबार स्वदेश फर्कने छ।

Advertisement