March 18, 2025, Tuesday
२०८१ चैत्र ६
1:37:26 pm

नेपाल समाजवादी पार्टीमा बाबुराम र महेन्द्र अध्यक्ष

2K

काठमाडौं । नेपाल समाजवादी पार्टीको शनिबार ललितपुरमा बसेको बैठकले पार्टी अध्यक्षमा डा. बाबुराम भट्टराई र महेन्द्रराय यादव चयन गर्ने निर्णय गरको छ ।

त्यस्तै, पार्टीको विधानमा व्यवस्था गरिएको संघीय परिषद् अध्यक्ष पद भने खाली रहेको छ । बैठकले पार्टी सहअध्यक्षमा गंगानारायण श्रेष्ठ, उपाध्यक्षमा दुर्गा सोब, हिसिला यमी र भक्तबहादुर शाहलाई चयन गरेको छ।

महासचिवमा भने रमेश यादवलाई चयन भएका छन् । बैठकले सातवटा भौगोलिक, एक गैरभौगोलिक र प्रवास गरी ९ प्रदेशको नेतृत्वलाई केन्द्रीय कार्यकारिणी समितिमा थपेको छ ।

Advertisement

बैठकले प्रदेश इन्चार्जसमेत तोकेको छ । प्रदेश १ को इन्चार्जमा राजेन्द्र किराती, मधेशमा देवेन्द्र यादव, बागमतीमा अक्लबहादुर थिङ, गण्डकीमा मोती रिजाल, लुम्बिनीमा कमल खनाल, कर्णालीमा देवीबहादुर बुढाथोकी, सुदूरपश्चिममा डा. जनक शाह, गैरभौगोलिकमा ईश्वर रिजाल र प्रवासमा जीएस गुरुङ चयन भएको एक नेताले जानकारी दिए ।