August 12, 2022, Friday
२०७९ श्रावण २८
1:37:26 pm

८९५ संक्रमित थपिए, ४१ बिरामी आइसियू र भेन्टिलेटरमा

290

काठमाडौं : पछिल्लो २४ घन्टामा देशभर ८९५ जना कोरोना संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार यस अवधिमा ५ हजार ९०९ जनामा गरिएको परीक्षणमा ८९५ जना संक्रमित भेटिएका हुन्।

आज एकजना संक्रमितको मृत्यु भएको छ। २ सय ६४ जना संक्रमणमुक्त भएका छन्। हाल देशभर ४ हजार ९३४ जना सक्रिय संक्रमित रहेका छन् जसमध्ये काठमाडौंमा २ हजार ८७२ जना, ललितपुरमा ५४३ जना र भक्तपुरमा ३० जना रहेका छन्। 

देशभर ३६ जना संक्रमित आइसियू र ५ जना संक्रमित भेन्टिलेटरमा उपचाररत रहेका छन्। १४२ जना संक्रमित संस्थागत आइसोलेशन र ४ हजार ७९२ जना संक्रमित होम आइसोलेशनमा रहेका छन्। 

Advertisement