March 20, 2025, Thursday
२०८१ चैत्र ७
1:37:26 pm

अर्थमन्त्रीमा जनार्दन शर्माको पुनर्बहाली

2K

काठमाडौं : माओवादी केन्द्रका जनार्दन शर्माको फेरि अर्थमन्त्रीमा पुनर्बहाली भएको छ।

तत्कालीन अर्थमन्त्री शर्मामाथि आव २०७९/८० को बजेट बनाउँदा अनधिकृत व्यक्तिलाई सहभागी गराएर करको दर हेरफेर गरी केही व्यापारिक घरानालाई अनुचित लाभ दिलाएको आरोप लागेको थियो।

उक्त आरोपबारे छानबिनका लागि गठीत संसदीय छानबिन विशेष समितिले बुझाएको प्रतिवेदनले आरोप प्रमाणित गर्न नसकेपछि उनलाई प्रधानमन्त्री शेरबहादुर देउवाले आज पुनः अर्थमन्त्री नियुक्त गरेका हुन्।

Advertisement

संसदीय छानबिन समिति गठन हुनासाथ उनले अर्थमन्त्रीबाट राजीनामा दिएका थिए।