काठमाडौं । खोटाङको मार्तिमबिर्तालाई केन्द्रविन्दु बनाएर भुकम्प गएको छ ।
आइतबार बिहान ८ बजेर १३ मिनेटमा ६ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीले जानकारी दिएका छन् ।
सिन्धुपाल्चोक‚ काठमाडौंलगायत देशैभरका विभिन्न स्थानमा भूकम्पको धक्का महसुस गरिएको छ ।