August 9, 2022, Tuesday
२०७९ श्रावण २४
1:37:26 pm

आज संविधानको पक्षधर र लोकतन्त्रवादीहरुका लागि खुसीको दिन होः पुष्पा भुसाल

405

काठमाडौं । नवनिर्वाचित उपसभामुख पुष्पा भुसालले आफ्नो जित संविधानको पक्षधर र लोकतन्त्रवादीहरुको जित भएको बताएकी छन् । उपसभामुखमा विजयी भएपछि संसद पत्रकारहरुसँग कुरा गर्दै उनले आज संविधानको पक्षधर र लोकतन्त्रवादीहरुका लागि खुसीको दिन भएको बताएकी हुन् ।

लामो समयदेखि रिक्त रहेको उपसभामुख पदमा निर्वाचन हुनु र संसदको सबै पदहरुले पूर्णता पाउनु खुसी हुनुको कारण रहेको उनले बताइन् । ‘उपसभामुख जस्तो संवैधानिक पदले आज पूर्णता पाएको छ, यो सबै सदन, सांसदहरु र संवैधानिक पक्षधरहरुका लागि यो खुशीको दिन हो । आज संविधानको कार्यन्वयन पूर्ण रुपमा भएको छ ।’, उनले भनिन् ।

तत्कालीन उपसभामुख तुम्बाहाम्फेले १२ माघ २०७६ माघमा राजीनामा दिएपछि रिक्त भएको उपसभामुख पदका लागि शुक्रबार निर्वाचन भएको हो । चुनावमा भुसाल र एमालेकी विद्या भट्टराई प्रतिस्पर्धामा थिए । भुसालले १४८ मत ल्याएर विजयी भइन् भने भट्टराईले ९३ मत प्राप्त गरिन् ।

Advertisement