August 12, 2022, Friday
२०७९ श्रावण २८
1:37:26 pm

उपसभामुख पद एमालेलाई दिन सांसद शेरबहादुर तामाङको आग्रह

400

काठमाडौं । नेकपा एमालेका सांसद शेरबहादुर तामाङले उपसभामुख पद एमालेलाई दिन आग्रह गरेका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा भइरहेको उपसभामुखको निर्वाचन प्रक्रियामा एमालेबाट उम्मेदवार रहेकी विद्या भट्टराईलाई उपसभामुख दिन तामाङले आग्रह गरेका हुन् ।

तामाङले सभामुख अग्नि सापकोटा सिन्धुपाल्चोकको र विद्या भट्टराई पनि सिन्धुपाल्चोककै चेली रहेकोले सभामुख र उपसभामुख एउटै जिल्लाको हुँदा राम्रो हुने बताए । उनले काँग्रेसबाट उम्मेदवार बनेकी पुष्पा भुसालको समर्थक रहेका माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङलाई समर्थन फिर्ता लिन आग्रह गर्दै भने– ‘यो संसद सबै राजनीतिक दलले उत्तिकै जिम्मेवारीपूर्वक चलाउनुपर्ने हो । एउटै दलबाट सभामुख र उपसभामुख नहुने भनेपनि स्वतः प्रतिपक्ष दलबाट उपसभामुख हुनु पर्दछ । यो सैद्धान्तिक कुरा भएकोले अहिले देवप्रसाद गुरुङले थपक्क समर्थन फिर्ता लिए त कस्तो काइदा भइहाल्थ्यो । यो ढंगले नै हामी अगाडि बढौँ । के हामी सत्तापक्ष के प्रतिपक्ष सबै मिलेर अगाडि बढ्न एउटा ढोका खुल्छ यसले ।’

Advertisement