August 9, 2022, Tuesday
२०७९ श्रावण २४
1:37:26 pm

गभर्नर अधिकारीले नैतिकताको आधारमा राजीनामा दिनुपर्छ: प्रधानमन्त्री देउवा

505

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नैतिकताको आधारमा पदबाट राजीनामा दिनुपर्ने बताएका छन् । राजनीतिक संलग्नता देखिएको भन्दै अधिकारीले राजीनामा दिनुपर्ने बताएका हुन् ।

शुक्रबार बालुवाटारमा भएको पाँच दलीय गठनबन्धनको बैठकमा सहभागी अन्य नेताहरूले पनि अधिकारीको राजीनामा माग्नु पर्ने बताएको भन्दै अन्यले राजीनामा माग्ने नभइ अधिकारी स्वयंले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने देउवाले बताए ।

बिहीबार प्रधानमन्त्री देउवासँग गभर्नर अधिकारीले भेट गर्दै राष्ट्र बैंकले जारी गर्न लागेको मौद्रिक नीतिको बारेमा जानकारी गराएका थिए । असार २६ मा एमालेले जारी गरेको अन्तर पार्टी निर्देशन (अपानी)मा अर्थ तथा योजना विभागको सदस्यमा खोटाङका ‘एम अधिकारी’को नाम रहेको छ ।
उक्त एम अधिकारी नामको व्यक्ति गभर्नर अधिकारी नै भएको समाचार सार्वजनिक भइरहँदा राजीनामा माग हुँदै आएको हो । अधिकारी र एमालेले भने एम अधिकारी भनेको महाप्रसाद नभएको जनाएका छन् ।

Advertisement

नेपाली काँग्रेसका प्रवक्ता प्रकाशसरण महतले भने बैठकमा गभर्नरको विषय उठेपछि प्रधानमन्त्रीले चासोमात्रै देखाएको दाबी गरे ।