काठमाडौं- संघीय संसद सचिवालयले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध पुस ५ गते ३ बजेर ३० मिनेट जाँदा नै अविश्वास प्रस्ताव दर्ता भएको प्रष्ट पारेको छ।
पुस ५ गते प्रधानमन्त्रीले संसद विघटन गर्नुअघि नै उनीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरिएको चर्चा चलेको थियो। दर्ता समयलाई लिएर विभिन्न सञ्चार माध्यममा आएका समाचारको सम्बन्धमा सचिवालयको ध्यानाकर्षण भएको जनाइएको छ।
