August 12, 2022, Friday
२०७९ श्रावण २८
1:37:26 pm

माओवादीद्धारा अन्तर्घातको छानबिन गर्न ३ सदस्यीय समिति गठन

405

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले अन्तर्घातको छानबिन गर्न ३ सदस्यीय समिति गठन गरेको छ । गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा अन्तरघात भएको भन्दै छानबिन समिति बनाएको हो ।

आज पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बसेको स्थायी सिमिति बैठकले अन्तर्घातको विषयमा छानबिन गर्न अनुशासन आयोगका अध्यक्ष टंक राईको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ । समितिको सदस्यमा मुक्ति प्रधान र खिमलाल देवकोटा सदस्य रहेका छन् ।

केन्द्रीय समिति बैठकमा पार्टी केन्द्रीय सदस्यहरूले नै चुनावमा सहयोग नगरेको उम्मेदवारलाई घात गरेको कुरा उठेपछि स्थानीय समिति बैठकले छानबिन समित गठन गरेको प्रवक्ता महराको भनाइ छ ।

Advertisement

गत निर्वाचनमा मुख्य गरी मधेश प्रदेशमा अन्तर्घात भएको पार्टी केन्द्रमा रिपोर्टिङ भएको थियो ।