काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले दुई वटा विधेयक प्रमाणीकरण गरेकी छन् । उनले संघीय संसद्को दुवै सदनको बैठकबाट पारित भइ आएका विधेयकलाई नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम प्रमाणीकरण गरेकी हुन् ।
राष्ट्रपतिको कार्यालयबाट जारी विज्ञप्ति अनुसार विरुवा संरक्षण ऐन, २०६४ लाई संशोधन गर्न बनेको विधेयक र बीउ बिजन ऐन, २०४५ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरिएको हो ।