काठमाडौं- नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपाल पक्षले प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीलाई पदबाट हटाएको छ।
प्रचण्ड नेपाल पक्षको केन्द्रीय कमिटीले ओलीलाई अध्यक्षबाट हटाउने निर्णय गरेको हो। कुल ४४७ जना केन्द्रीय सदस्यमध्ये ३१५ सदस्य उपस्थित बैठकबाट ओलीलाई अध्यक्षपदबाट हटाएको हो।
प्रचण्ड नेपाल पक्षका केन्द्रीय सदस्यहरूको सर्वसहमतिमा ओलीलाई अध्यक्षबाट हटाइएको एक जना केन्द्रीय कमिटी सदस्यले जानकारी दिए। बैठकले बालुवाटारमा ओलीले बोलाएर गरेको बैठकको निर्णय पनि अनधिकृत भएको ठहर गरेको छ।