November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

नेकपामा दम्पतीः श्रीमती ओलीतिर, श्रीमान् प्रचण्डतर्फ

2.2K

काठमाडौं– सत्तारुढ नेकपा फुटको असर स्थायी समिति सदस्य रघुवीर महासेठको घरमा परेको छ। महासेठ प्रचण्ड-नेपाल खेमाको केन्द्रीय समिति बैठकमा सहभागी भएका छन् भने उनकी श्रीमती जुलीकुमारी महतो केपी शर्मा ओली नेतृत्वको केन्द्रीय समिति बैठकमा सहभागी भइन्।

स्थायी समितिमा रघुवीर सुरुदेखि नै ओली समूहमा थिए। तर उनले अन्तिममा ओलीको साथ छोडेका छन्। सांसदसमेत रहेकी उनकी श्रीमती जुली भने ओली समूहमा नै छिन्। उनी केन्द्रीय हुन्।

महासेठ ओली नेतृत्वको सरकारको सुरुमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री थिए। आफ्नो कार्यकालभर काम केही नगरेको र भ्रष्टाचारमा लिप्त रहेको आरोप उनीमाथि लागेको थियो।

Advertisement