काठमाडौँ – नेकपाका सचिवालय सदस्य रामबहादुर थापा बादल उपाध्यक्ष बामदेव गौतमलाई भेट्न भैंसेपाटी गएका छन्।
मंगलबार दिउँसो गृहमन्त्रीसमेत रहेका बादल गौतमलाई भेट्न उनको निवास पुगेका छन्।
नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले बेग्लाबेग्लै ठाउँमा गरेको केन्द्रीय कार्यसमिति बैठकमा गौतम र बादल सहभागी थिएनन्।
उपाध्यक्ष गौतमका प्रेस सहयोगी विश्वमणि सुवेदीका अनुसार गौतम र बादलबीच अहिले छलफल जारी छ।