February 13, 2026, Friday
२०८२ फाल्गुन १
1:37:26 pm

नागरिकता विधेयक अगाडि बढाउने सत्तारुढ गठबन्धनको निर्णय

1.6K

काठमाडाैं : सत्तारुढ पाँच दलीय गठबन्धनले नागरिकता विधेयकलाई अगाडि बढाउने निर्णय गरेको छ।

बुधवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धन बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले नागरिकता विधेयकलाई अगाडि बढाउने प्रस्ताव गरेकाे सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए।

उनले कतिपय नागरिकले बाबुआमा नेपाली नागरिक भए पनि नागरिकता विहीन हुनुपरेको भन्दै नागरिकताको समस्यालाई समाधान गर्न सरकार अघि बढेको बताए। मन्त्री कार्कीले आजको बैठकमा शान्ति प्रक्रियालाई चाँडै निष्कर्षमा पुर्‍याउनका लागि पनि छलफल भएको जानकारी दिए।

Advertisement

मन्त्री कार्कीले गठबन्धनको आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्माले मन्त्रालयले शान्ति प्रक्रियाको बारेमा अहिलेसम्म प्राप्त विवरणको प्रगति प्रतिवेदन प्रस्तुत गरेकाे बताए।