November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

वामदेव र बादल कुनै पनि समूहको बैठकमा उपस्थित नहुने

3.5K

काठमाडौं–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतम र सचिवालय सदस्य रामबहादुर थापा ‘बादल’ पार्टीका कुनै पनि समूहको बैठकमा नजाने भएका छन्।

संसद विघटनसँगै पार्टीमा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ समूहको छुट्टाछुट्टै भेला जारी रहेका बेला दुवै नेताले कुनै पनि समूहको भेलामा नजाने बताएका हुन्। 

सोमबार विज्ञप्ति जारी गर्दै उपाध्यक्ष गौतमले आफू पार्टी एकताको पक्षमा रहेको र फुटको घोषणा गर्न बाँकी रहेका बैठक र भेलामा आफूले भाग नलिने बताएका थिए।

Advertisement

पार्टी फुटाउन भएका भेलामा सहभागी भएर आफू फुटको साक्षी बन्न नसक्ने उनको भनाइ थियो।