February 13, 2026, Friday
२०८२ फाल्गुन १
1:37:26 pm

विदेशमा रहेका नेपालीहरुलाई मताधिकार दिन माग काँग्रेस महामन्त्रीद्वयको माग

2.3K

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले विदेशमा रहेका नेपालीहरुलाई पनि मताधिकार दिन माग गरेका छन् । मंगलबार निर्वाचन आयोगका पदाधिकारीहरुलाई भेटेर महामन्त्रीद्वयले विदेशमा रहेका नेपालीहरुलाई मतदानको अधिकार दिन माग गरेका हुन् ।

भेटपछि महामन्त्री शर्माले भने, ‘नेपाल बाहिर रहेका नेपालीहरुको नोट चल्ने बनाएर मात्र हुँदैन, भोट चल्ने दिन बनाउनुपर्छ ।’

शर्माका अनुसार सोमबार भएको भेटमा प्रधानमन्त्री शेरबहादुर देउवाले पनि यसमा सकारात्मक जवाफ दिँदै कानुन निर्माणमा अग्रसरता देखाउने आश्वासन दिएका थिए ।

Advertisement

आयोगका पदाधिकारीहरुले पनि सर्वोच्च अदालतको आदेशअनुसार कानुनको मस्यौदा केही दिनमै सरकारलाई दिने बताएका छन् । उनीहरुका अनुसार प्रत्यक्षतर्फभन्दा समानुपातिकतर्फ मत दिने बनाउन तुलनात्मक रुपमा सहज देखिन्छ । यद्यपि यसका लागि पनि निर्वाचनसम्बन्धी विद्यमान कानुनमा कम्तिमा ५ स्थानमा संशोधन गर्नुपर्छ ।