April 20, 2024, Saturday
२०८१ बैशाख ८
1:37:26 pm

गठबन्धनका शीर्ष नेता बालुवाटारमा एसपीपीबारे छलफल हुने

1.8K

काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेता प्रधानमन्त्री निवास बालुवाटार भेला भएका छन् । अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) बारे छलफल गर्न नेताहरु बालुवाटार भेला भएका हुन् ।

छलफलका लागि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल,माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, जसपा अध्यक्ष उपेन्द्र यादव लगायतका नेता बालुवाटार पुगेका हुन् ।

शनिबार बसेको प्रचण्ड, नेपाल र यादवबीच भएको छलफलमा अमेरिकालाई एसपीपी अस्वीकार गर्दै सरकारले पत्र पठाउनुपर्ने निष्कर्ष थियो सोही निष्कर्षअनुसार नेताहरु प्रधानमन्त्री देउवासँग छलफलका लागि बालुवाटार पुगेका हुन् ।

Advertisement