November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

तीन दलीय बैठक सानेपामा सुरु

3.1K

काठमाडौं– नेपाली कांग्रेसले बोलाएको विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने तीन दलको संयुक्त बैठक सानेपामा सुरू भएको छ।

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सोमबार अपराह्न ४ बजे पार्टी कार्यालयमा तीन दलको संयुक्त बैठक बोलाएका थिए।

बैठकमा कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड-माधवकुमार नेपाल समूह र जनता समाजवादी पार्टी सहभागी हुने बताइएको थियो।

Advertisement