August 12, 2022, Friday
२०७९ श्रावण २८
1:37:26 pm

संसदमा प्रधानमन्त्रीले आज जवाफ दिने

330

काठमाडौं । प्रतिनिधि सभा बैठक आज दिउँसो १ बजे बस्दैछ । बैठकमा बजेटका विषयमा सरकारका पक्षबाट जवाफ दिने सम्भावित कार्यसूची छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, रक्षा मन्त्रालय र अर्थ मन्त्रालय सम्बन्धित विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्मालगायत सम्बन्धित मन्त्रीले जवाफ दिने छन् ।

बुधबारकै बैठकमा ती मन्त्रालय र निकायले जवाफ दिने तयारी गरिए पनि सम्भव नभएपछि आजको बैठकमा तयारी गरिएको हो । बुधवार राति ९ः३० बजेसम्म बैठक चलेको थियो ।

Advertisement

रक्षामन्त्रालयसमेत सम्हालेका प्रधानमन्त्रीसँग एसपीपी लगायतका विषयमा सांसदले जवाफ माग गरेका छन् ।

देउवालाई अमेरिका भ्रमणबारे जानकारी दिनसमेत माग गरिएको छ ।